कवि सम्मेलन सम्पन्न

admin

काठमाडौँ, १५ मङ्सिर: नगरपालिका दिवसको अवसरमा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा आज बुढानिलकण्ठस्तरीय कवि सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा करीब पाँच दर्जन सर्जकले रचना वाचन गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको कविताबाट शुरु भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमायाँ डङ्गोल, बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल र वडा सदस्य पुरुषोत्तम नेपालले पनि कविता वाचन गर्नुभएको थियो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रमले स्थानीय तहको प्रवद्र्धनका लागि योगदान मिल्ने बताउनुभएको थियो । कार्यक्रम प्रदेश सांसद् दीपक निरौलाको संयोजकत्वमा भएको थियो । सम्मेलनको आयोजक काठमाडौँ खबर डट कम, कपन अनलाइन डट कम ,बीएसजी न्युज र न्युज अफ टोखा रहेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू