कस्तो अचम्म ! पानीमै बल्छ आगो , राजधानीमै अर्को ठाउँमा पनि निस्कियो जमिनमुनिबाटै ग्यास (भिडियो)

मनिषा थापा

पिएनपिखबर : केहि वर्ष अघि भारतले लगाइएको अघोषित नाकाबन्दीले गर्दा जनतालाई निकै सास्ती खेप्न पर्यी। खाना पकाउने ग्यास नहुँदा सर्वसाधारणहरु मारमा परे। तर अहिले भने राजधानीमै ग्यास निस्किएको छ।

सुन्दा विश्वास गरी हाल्न मुस्किल छ तर यो साँचो हो। काठमाडौँको शंखमुलमै संजय खड्काले जमिनबाट निस्किएको ग्यासबाट खाना पकाईरहेका छन्। सन्जय खड्काको क्याफेमा बोरिंग गर्न खाल्डो खन्दा ग्याँस निस्किएपछि त्यसलाई समायोजन गरी खाना पकाउन उक्त ग्याँसको प्रयोग भएको हो।

उनी भन्छन, ‘यहाँ १० ठाउँ बोरिङ्ग खन्दा ९ ठाउबाट ग्यास निस्कन्छ। यसले हामीलाई निकै सजिलो भएको छ। जमिनबाटै आएको कारण यो बन्द हुने सम्भाबना पनि छैन। ‘
बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू