कस्तो अचम्म ! भाले विरुद्व पनि मुद्दा दर्ता

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : केहि समय अगाडी भारतको पुणेमा सबैलाई चकित पार्ने मुद्दा दर्ता भएको खबर सार्वजनिक भएको थियो । एक महिलाले बिहान बिहानै भाले कुखुरा बासेर आफु आजित भएको कुरा उल्लेख गर्दै उक्त भाले विरुद्व कारबाहीको माग गर्दै उजुरी हालेकी थिइन्। हालै मात्र फ्रान्समा पनि त्यस्तै खालको मुद्दा दर्ता भएको खबर सार्वजनिक भएको छ। फेरी पनि भाले बासेको भन्दै भाले विरुद्व मुद्दा दर्ता भएको हो।

मौरिस नामको उक्त भालेले बिहान बिहानै ठुलो स्वरले बासेर ध्वानी प्रदुषण गर्नाले निद्रा बिग्रेको उनीहरुको आरोप छ । उक्त कुखुरा फ्रान्सको इस्ले ओलरून को सेन्ट पियरे डे ओलरन गाँउकि कोरिन फेस्सयू नाम गरेकी महिलाले पालेकी हुन्।

२०१७ साल अप्रिल महिनाको पहिलो साता कुखुराको मालिक कोरिनलाई उनको छिमेकीहरुले “आफ्नो भालेलाई कराउन बाट रोक” भनेका थिए । किनकि भालेले धेरै ठुलो स्वर मच्चाउने गरेको थियो। अहिले यहि मुद्दा अदालतमा चलिरहेको छ। उक्त मुद्दाको फैसला सेप्टेम्बर ५ मा हुनेछ।

प्रतिक्रिया