कस्तो अचम्म : सपनामा देखेको नम्बरबाट यी व्यक्तिले पाए चार लाख डलर !

मनिषा थापा

एजेन्सी : सपनालाई हामीले कत्तिको गम्भीर रुपले लिन्छौ होला। कति सपना सम्झीए पनि कति त यत्तिकै हराएर जान्छन्। तर एक जना व्यक्तिले भने आफूले सपनामा देखेको नम्बरले लोटरी खेलेपछि ४ लाख डलर जितेका छन् ।

अष्ट्रेलियाको भर्जिनियामा बस्ने कम्प्युटर प्रोग्रामर अमोलले ‘क्यास ५’ खेलको लागि चार वटा लोटरी टिकट किनेका थिए । उनले चार वटा टिकटमा नै उही नम्बरमा लोटरी खेले र जिते। प्रत्येक टिकट १ लाख डलरको थियो। यसरि चार वटा टिकट नै उही नम्बरबाट खेल्दा उनले ४ लाख डलर जिते।

अमोलका अनुसार, उनले सपनामा उक्त नम्बर देखेका थिए। त्यसैले त्यही नम्बरबाट नै जित्ने कुरामा विश्वस्त भएका कारण उनले चार वटा टिकट लिएर ती चार वटा टिकट नै एकै नम्बरबाट खेलेका थिए।

 

प्रतिक्रिया