कहाँ छन् त तपस्वी राम बहादुर बमजन ? बमजनको विदेश भ्रमणबारे बोले मणि लामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय तपस्वी राम बहादुर बमजन विदेश भ्रमण जाने तयारीमा रहेको चर्चा बाहिरिएको छ। तर बोधी श्रवण धर्म संघका अध्यक्ष मणि लामाले भने उनी आफ्नै सिन्धुली आश्रममा रहेको दावी गरेका छन्। उनले तपस्वी बमजमको विदेश भ्रमणको तत्काल योजना नभएको उल्लेख गरेका छन्।

उनले गुरु बमजन अहिले ध्यानमा बसिरहेको बताएका छन्। विभिन्न जिल्लामा बोधी श्रवण धर्म संघलाई विस्तार गर्ने योजना रहेको अध्यक्ष लामाले भनाई छ।

केहि महिना अघि बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका थिए। उनको खोजी पनि धेरै गरियो तर अझसम्म पनि उनी मिडियामा देखा परेका छैनन्। उनी कहाँ छन् भनेर अनुसन्धान भईरहेको छ।

यद्दपी उनले गुरुबमजनमाथि कलोकल्पित गलत आरोप लागेको बताउँदै आइरहेको छन्। अज्ञानी मानवहरुले धर्म विथोल्न सत्य धर्मका गुरु बमजनमाथि अनेक लाल्छना लगाएको अध्यक्ष मणि लामाको भनाई छ ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू