कागजमा सहमति भयो शिल्पा र छविको विवाद !

मनिषा थापा

भक्तपुर : चलचित्र निर्माता छविराज ओझा र उनकी पत्नी शिल्पा पोखरेलबीच विवाद बाहिर आएको छ। केहि दिन अघि छबि राज ओझासँग गोप्यरुपमा विवाह बन्धनमा बाधिएकी शिल्पाले आफुमाथि शोषण भएको भन्दै उजुरी दिएकी थिइन। अहिले भने उनीहरुबीच कागजमा सहमति भएको छ ।

तस्बिर : रमाईलो छ

शिल्पाको उजुरीपछि छविले अबका दिनमा पत्नी एवं अभिनेत्री शिल्पा पोखरेललाई गाली गजौल तथा हातपात नगर्ने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी छ ।

प्रहरीको रोहवरमा भएको छलफलमा आफ्नै पत्नी शिल्पासँग विगतमा भएको झगडाको बारेमा पति छविराजले श्रीमतीसँग माफी मागेका छन् । छविराजले माफी माग्दै अबका दिनमा कुनै झैझगडा तथा हातपात नगर्ने भनेर पत्नीसँग मिलापत्र गरेपछि पछि उनीहरूको विवाद टुंगिएको हो ।

प्रतिक्रिया