काङ्ग्रेस संसदीय दलद्वारा लेखकको निधनप्रति दुःख व्यक्त

कृष्ण रोकाया

काठमाडौँ ८ भदौ : नेपाली काङ्ग्रेस संसदीय दलले पार्टीका पूर्वसचेतक एवं नेता रमेश लेखकका पिता प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ ।



पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत स्व लेखकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँको यही भदौ ६ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

स्व लेखकले काङ्ग्रेसले आह्वान गरेका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया