काठकै साइकल बनाएर चलाउने पहिलो नेपाली, पुरस्कार पाएको २५०० रकमले किने ६ कठ्ठा जमिन [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। २१ औ शताब्दीमा जमाना कहाँबाट कहाँ पुगिसक्यो तर नेपालमा भने सियोमा प्वाल पार्न पनि अरु देशको भर पर्नु पर्छ। अझै यस्तै यस्तै कुरामा अल्झिरहेका छौ हामी। आफु केहि नगर्ने अरुले गरेको पनि जस नदिने नेपालीको बानी जस्तै नै भैसक्यो। सबै यस्तै खालको छन् त नभनौ तर कति पी यस्ता पनि छन् जो आफु पनि माखो मार्दैनन् अनि अरुको प्रगतिमा आफ्नो मन आफै जलाएर बस्छन्।

समयको बदलाव सँगै नेपालमा पनि नया कुरा र भिन्न कुराको आविस्कार हुन थालेको छ। आफुसँग शिप भए के असम्भव हुन्छ र ? यहिँ कुरालाई प्रमाणित गर्दै लेतांग नगरपालिका, मोरङका मणि हर्क राईले काठको साइकल निर्माण गरेका छन्।

केहि समय अघि मात्रै उनले धान झार्ने मेसिनको समेत आविस्कार गरेका थिए। उनले भने ,’कम जनसंख्या लागोस् भनेर मैले यो धान झार्ने मेसिन बनाएको हूँ।’ एक घण्टामा एक कठ्ठाको धान यस मेसिनले झार्छ। जम्म्मा तिन जना भए यो मेसिन चलाउन सजिलै सकिने उनले बताए।

विभिन्न किसिमको प्रविधि जुन सुबिधा युक्त छ तर यस्ता मेसिन अझै दुर्गम क्षेत्र सम्म पुग्न सकेको छैन। उनको भनाई अनुसार सुभिधा युक्त मेसिन भन्दा यस्तै खालको मेसिन नै लाभ दाई हुने उनले बताए। पराल नकुड्किने जस्ताको तस्तै हुने भएकोले पनि यो एकदम लाभदायी रहेको उनले बताए।

उनले अन्य मेसिनको आविस्कार पनि गरेका छन्। आगो फुक्न झन्झट नहोस भनेर उनले आगो फुक्ने मेसिनको निर्माण गरे। उनले भने , ‘ मैले सबै भन्दा पहिला निर्माण गरेको चाही काठको साइकल नै हो।’

बजार जाने क्रममा उनको साइकल कसैले चोरेर लगिदिएछ। छबि पनि लगाएकै थिए। छोरि भएको साइकल फिर्ता ल्याउन नसके पनि उनले काठको साइकल बनाउने सोचे। बनाए पनि। उनले बनाएको काठको साइकलले झन्डै साँढे ३ वर्ष जति काम दियो। हिडडुल गर्न एकदम सहज काठको साइकल बनाउन उनलाई ३ – ४ महिना लागेको थियो। बिहान र बेलुकाको फुर्सदको समय निकालेर उनले यो काठको साइकल बनाएका थिए।

उनले राजा बिरेन्द्र बिर बिक्रम शाह मार्फत पुरस्कार स्वरुप नगत २५०० सम्मान समेत पाएका थिए। आफ्नो निजि पैसा २००० थपेर उनले आफ्नै घरको पारि पट्टि ६ कठ्ठा जग्गा किनेको कुरा उनले बताए। अहिले त्यसको मुल्य ९० लाख भएको उनले बताए। आफु जिउदो छउन्जेल उनले काठको साइकल र त्यो जग्गा नमास्ने उनले बताए।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू