काठमाडौँमा बिहानै पुलबाट हामफालेर ६० वर्षीय राईको मृत्यु, यस्तो भन्छन प्रत्यक्षदर्शी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काठमाडौँको कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट हाम फालेर ६० वर्षीय कीर्तिमान राईको मृत्यु भएको छ ।


ताप्लेजुङ हाङपाङका-२ का राईले बिहीबार  विहान करिब साढे ५ बजेको समयमा आत्महत्या गरेका हुन्। घटना घटेको केहि समयपछि महानगरीय प्रहरी वृतले नजिकैको वि एण्ड वि अस्पताल लागिएको थियो। मृतकको साथमा सिम नभएको मोबाइल फोन भेटिएको थियो। उनी वानेश्वरस्थित बस्दै आएका थिए।

आकाशेपुलबाट एनसेलको बोर्ड चढेर आत्महत्या गर्दै गरेको देखेको प्रत्यक्षदर्शीले बताए। मृतक हामफालेको आफ्नो कोठाबाट देखेको उनको भनाई छ। उनले भने, ‘सोधखोज गर्दा मृतकको पारिवारिक समस्या र मानसिक सन्तुलन ठिक नभएको जानकारी मिल्यो। उनको हामफाले पछि भुईमा खस्दा दुई-पटक मात्र श्वास फेरेर धटनास्थल मै मृत्यु भएको हों। उनको दांत पनि भुईमै छरिएको थियो ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू