सकारात्मक विचार र सोचाइले नै मानिसमा सकारात्मक परिवर्तन ल्याउन सक्छ: मिलन राई (भिडियो)

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। मिलन राई अध्यारोमा दिपक बाल्ने एक नाम हो। ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियानले नै यो नाम अहिले देश तथा विदेशमा चिनिरहेको छ। भोजपुरमा जन्मिएर धरानमा स्थायी बसोबास गरिरहेका राई कक्षा ८ मै ड्रपआउट हुन् । तर, उनले आफ्नो कला र आइडियामार्फत विश्वभरमा चर्चा बटुलेका छन् । राईको ‘ह्वाइट बटरफ्लाई’ अभियान विश्वका ४० भन्दा बढी मुलुकमा प्रसारित भएको छैन् उनी त्यस्ता कलाकार हुन् जसले संसारकै प्रसिद्ध हावार्डका विद्यार्थीहरुलाई समेत आफ्नो अनुभवबारे लेक्चर दिएका छन् ।

बेल्जियमको ब्रसेल्समा आक्रमण हुँदा त्यहाँ शान्तिको आह्वानमा सेता पुतलीहरू प्रयोग भएका थिए। त्यतिबेला ब्रसेल्सस्थित स्टक एक्सचेन्ज भवनको भित्तामा मिलन राईकै सिर्जनाका पुतली उडाइएको थियो। ‘गार्डियन’ लगायत युरोपका महत्वपूर्ण अखबारहरूले त्यससम्बन्धी समाचार पहिलो पृष्ठमै प्रकाशित गरेका थिए। इन्स्टाग्राममा ‘ब्रसेल्स अट्याक’ भनेर खोजियो भने मिलन राईका पुतली प्रयोग भएका तस्बिर फेला पर्छन्।

‘बेल्जियम मात्र होइन,’ मिलन भन्छन्, ‘संसारका ४० वटा मुलुकका बेग्लाबेग्लै भावनामा मेरा पुतली प्रयोग भइसकेका छन्।’अफ्रिकाका नामै नसुनिएका मुलुकमा समेत उनको पुतली प्रयोग भइरहेका छन्। आफू कहिल्यै नपुगेका ठाउँमा आफ्नो सिर्जना यसरी पुगिरहेको र अझ बढी त्यसले त्यहाँको सामाजिक अभियानमा काम गरिरहेको देख्दा मिलन दंग पर्छन्।

‘कोही सामाजिक काम, कोही प्रेम र कोही भावना त कोही खुशी साटासाट गर्नका लागि ‘ह्वाइट बटरफ्लाई’को प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘सकारात्मक विचार र सोचाइ नै मानिसमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । यो अभियान सकारात्मक विचारबाट जन्मेको हो ।’

८ कक्षा सबै विषय लागेर फेल भएपछि डिप्रेसनमा परेका राई त्यसपछि एकदिन उनी ग्याङ फाइटमा घाइते भएपछि अस्पताल पुगे । ‘अस्पतालमा ४५ दिन बस्नु परेपछि मेलै जीवनबारे धेरै कुरा सोचे,’ उनले भने, ‘धेरै कुरा सोचेपछि मैले चित्र कोर्न थाले । ड्रग्स र खराबसंगतहरु छाडे ।’

त्यसपछि चित्र कोर्न थालेका उनी भारतको पुगे । त्यहाँको एक पेन्टिङ प्रतियोगितामा पुरस्कार जितेपछि काठमाडौं फर्केर एकल चित्रकला प्रदर्शनी समेत गरे । त्यसबाट आएको पैसाले पनि उनलाई मानसिक रुपमा सन्तुष्टी दिन नसकेपछि मिलनले एयर फोन संकलन गर्ने अभियान सुरु गरे । ती एयरफोनलाई उनी एउटैं झंकार बनाएर प्रदर्शनी गर्ने तयारी लागे । त्यो प्रदर्शनी तयारी चलिरहेकै बेला उनी कोठामा बसिरहेका थिए । त्यही बेला सेतो पुलती उड्दै आयो । पुलती देखेपछि उनको अगाडि अनौठो आइडिया आयो ।

त्यसपछि उनी ह्वाइट पुतलीहरु आफ्ना चित्रहरुमा बनाउँदैं फेसबुकमा राख्न थाले । संसारभरबाट उनको ह्वाइट बटरफ्लाईका चित्रहरुको माग बढ्यो । कोही छोरीको बर्थ डेमा सेता पुतलीले नाम लेखिदिन अनुरोध गर्न थाले, कोही साथीको लागि । त्यसपछि संसारभर उनको ह्वाइट बटरफ्लाई अभियानको चर्चा हुन थाल्यो । उनलाई ठाउँ—ठाउँबाट निमन्त्रणा आयो । कतिसम्म भने मिलन आफू गएका ठाउँमा ‘ह्वाइट बटरफ्लाई’ सुटकेशभरि बोकेर जान थाले ।

युरोपतिरबाट समेत उनको कामको प्रशंसा आउन सुरु भयो। उनीहरूले मिलनसँग पुतली माग्न थाले। स्कटल्यान्डबाट मागे, बेलायतबाट मागे त्यसपछि त जर्मनीबाट मिलनलाई निम्ता नै आयो। युरोपका धेरै मुलुकमा पटकपटक बोलाए। उनले ती स्थानमा गएर पुतलीको उडान भरिदिए। त्यसपछि अमेरिकाबाट पनि उनलाई बोलाइयो। उनले भने , ‘हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तरकृया र उनीहरूलाई लेक्चर दिन मलाई बोलाइएको थियो।’

जहाँ—जहाँ गए कागजका ह्वाइट बटरफ्लाई उडाउन थाले । यो अभियान यति लोकप्रिय भयो कि उनले यहीलाई आधार बनाएर सामाजिक कार्यहरु समेत गर्न थाले। अहिले उनी नेपालमा भर्टिकल गार्डन बनाउने कार्यमा व्यस्त छन्। नेपालमा धुलो धुवाको कारण यत्ति प्रदुषण छ कि यसले हाम्रो स्वास्थ्यमा दिनानुदिन असर पारिरहेको छ। त्यसैले भर्टिकल गार्डेनले केहि हद सम्म रोकथाम गर्छ भनेर उनले यो अभियान शुरु गरेका हुन्।

यसको लागि उनले धेरै ठाउँमा धाए। नगरपालिका, वडा कार्यालय देखि हरेक सरकारी कार्यालयमा उनले यो कार्यको लागि धाए। अहिले धेरै समय पछि ललितपुर नगरपालिकाको मेयरले उनलाई सहयोग गरेको उनले बताए। उनको यस अभियानलाई निस्वार्थ सहयोग गरेको उनले बताए।

केहि समय अगाडी उनले प्रदुषण रोक्थाम्गर्ण संकेत दिन ग्यास मस्क र एउटा ब्रुम बोकेर बाटोमासमेत बसे। उनले भने ,’अचम्मको मान्छे देखेर कति मान्छे तर्सिन्थे कति मान्छे भाग्थे। ‘ तर उनले हरेश खाएनन्। निरन्तर आफ्नो काममा लागि परे।

प्रतिक्रिया