काठमाडौँमै महिला व्यवसायीमाथि सांघातिक हमला, श्रीमान-श्रीमती नै हस्पिटल भर्ना (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा तथा फेशियल हाउसकी संचालिका सुष्मा महरामाथि सांघातिक हमला भएको छ। अहिले उनीहरुको काठमाडौँको नर्भिक अस्पतालमा उपचार भईरहेको छ। मङ्गलबार रात्री साढे आठ बजे उनी र उनको श्रीमानमाथि प्राण घातक आक्रमण भएको थियो। शपिंग गरेर घर फर्किने क्रममा काठमाडौँ मलमा सामुहिक हमला भएको थियो।

उनले सुनिश्चित ढङ्गले ज्यान मार्ने योजना भएको बताएकी छिन्। घट्नाक्रम बताउँदै उनले भनिन्, ‘आफुलाई बचाउन श्रीमान आउँदा उनलाई समेत् कुटपिट भयो। हामीमाथि प्रहार गर्नेमा प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठ जो रस्मिला फेसियल हाउस एण्ड ब्युटी केयरका ओनर पनि थिए। बाँकी परिचित अनुहार थिएन। उनीहरुले नै भाडामा मान्छे ल्याएर हमला गरेका हुन्।’ उनीहरुले लगाएको सुनको सिक्रीसमेत् लुटेर लागेको बताएकी छिन्।

फेसियल हाउस एण्ड ब्युटी केयरका ओनरसँग पसलको विषयमा मनमुटाब हुने गरेको उनको भनाई छ। मेरो नामलाई बदनाम गर्ने प्रयास भएपछि उनीहरु विरुद्द यस अघि पनि उजुरी गरेको उनले बताईन। उनले भनिन्, ‘म काठमाडौँ मलको म हालको व्यापार संघको अध्यक्ष भएको कारण अनिमयिताको कुरा र अघिल्लो कार्यकालको घोटालाको हिसाब खोजे पछि झनै उनीहरु उग्र भएका हुन्।’ उनले थपिन, ‘मलाई सकाउने हिसाबले नै रणनीति भएको रहेछ।’

उनले घटना घटेको दोस्रो दिन आफ्नो फेसबुकमार्फत घटनाबारे खुलाएकी थिइन। प्रहरीलाई फोन गरेर घटनाको अनुसन्धान गर्नको लागि पहल गरेपनि वेवास्था गरेको उनको गुनासो छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू