काठमाडौँ र दमौलीमा‘एसइइ टप मोडल आइकन २०१९’आयोजना हुने

शर्मिला गुरुङ

काठमाडौँ, २२ चैत : एसइइ दिएर बसेका विद्यार्थीहरुलाइ मध्यनजर गर्दै ‘एसइइ टप मोडल आइकन २०१९’ आयोजना हुने भएको छ । ग्यालेक्सी मल्टिमिडियाले आयोजना गर्न लागेको यस प्रतियोगीताको बारेमा केहि साता अघि राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको हो।

एसइइ दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने उक्त प्रतियोगिता काठमाडौँ र दमौलीमा मात्र हुनेछ। तर, आयोजना भने दुई स्थानमा छुट्टाछुट्टै मितिमा हुनेछ। काठमाडौँ अडिसन चैत्र २९ र ३० गते र बैशाख ३ गते हुनेछ भने दमौली अडिसन चैत्र २५ र २६ गते हुने आयोजकले जानकारी दिएको छ। ‘काठमाडौँ अडिसन चैत्र २९ र ३० गते र बैशाख ३ गत र दमौली अडिसन चैत्र २५ र २६ गते हुने आयोजकले जानकारी दिएको छ ।

रजिस्ट्रेसन खुल्ला गरे देखि अहिले सम्म काठमाडौँमा ५०० भन्दा बढीले एसएमएस मार्फत आफ्नो नाम दर्ता गराई सकेका छन् भने दमौलीमा ४०० जना भन्दा बढीले नाम दर्ता गराई सकेका छन् ।

प्रतियोगीतामा सहभागी हुन चाहनेले आफ्नो मोबाइलको म्यासेज मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । प्रतियोगितामा विजेता हुनेले एक स्कुटर, नगद १ लाख, ब्यांकक टुर, प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति, बृज कोर्स, अफिसियल म्युजिक भिडियो खेल्ने अवसरका साथै अन्य थुप्रै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । द्वितीय हुनेले नगद १ लाख १० हजार, ब्यांकक टुर, प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् ।

सम्पूर्ण सहभागीले प्लस पढ्नको लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् । कार्यक्रमको फाइनल प्रतिस्पर्धा जेठ महिनाको अन्त्य तिर हुने इभेन्ट डाइरेक्टर प्रकाश घलेले जानकारी दिए ।

‘एसइइ टप मोडल आइकन २०१९’मा सहभागी हुन चाहनेले एसएमएस मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । काठमाडौँमा हुने अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ त्यस्तै दमौली अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM2 Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ। थप जानकारीका लागि ०१४८२३९४८ मा फोन गरेर जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया