काठमाडौंमा शक्तिशाली भूकम्पको झड्का महसुस

admin

काठमाडौँ, ४ फागुन : शनिबार बेलुकी लगभग ८ बजेर ३४ मिनेटमा भूकम्प गएको छ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो। रातको समयमा धक्का महसुस गरिएको हुँदा सर्वसाधारण  सडक र खुल्ला ठाउँमा निस्किन बाध्य भएको जानकरीहरु प्राप्त भैरहेका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दु किर्तिपुर रहेको बताएको छ। किर्तिपुर केन्द्रबिन्दु भएको गएको भूकम्प ४ रेक्टर स्केलको बताइएको छ।

धक्का काठमाडौँ आसपासमा मात्रै महसु गरिएको केन्द्रले बताएको छ। किर्तिपुर केन्द्रबिन्दु रहेको हुँदा उपत्यकाका जिल्लाहरुमा बढी कम्पन भएको केन्द्रको भनाइ छ।

 

२०७२ सालको महाभूकम्प पछि लगातार भूकम्पका धक्काहरु महसुस हुँदै आएको छ। २०७२ सालको महाभूकम्प पछि नयाँ भूकम्प भन्दा पनि सोहि महाभूकम्पको पराकम्प महसुस गर्ने गरिएको हो।

प्रतिक्रिया