काठमाडौं उपत्यका खानेपानी लिमिटेडः खानेपानी मन्त्री–महाप्रबन्धक विवाद उत्कर्षमा

admin

काठमाडौं, असार ३: खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन् । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन् । हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो ।

तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन । काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ । त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

प्रतिक्रिया