”कान्स”को रेड कार्पेटमा हिंड्ने निम्तो पाइन् प्रियंकाले, भन्छिन, ‘देशको नाम राख्नेछु’ (भिडियो)

मनिषा थापा

भक्तपुर : विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा आयोजना भईरहेको छ । गएको मंगलबारदेखि शुरु भएको फिल्म फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् । ‘कान्स फिल्म फेस्टिभल’ चलचित्र विश्वको एक उत्कृष्ट पर्व मानिन्छ ।

‘कान्स फिल्म फेस्टिभल’ मा २०१९ देखि नेपालले पनि सहभागिता जनाउन पाउने भएको छ। अब नेपालले पनि कान्समा प्रवेश गरेको छ। नेपालको तर्फबाट अभिनेत्री प्रियंका कार्की कान्सको पहिलो ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।

विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा यस अघि नेपालबाट नायिका भने कोही सहभागी भएका छैनन् । तर यसपाली नेपाली नायिका प्रियंका कार्की उक्त फेष्टिभलमा सहभागी हुने भएकी छिन् ।  यसै महोत्सवमा भाग लिन प्रियंका फ्रान्स पुगेकी छिन्। 

प्रियंकाले यस महोत्सवका लागि आफू निकै उत्साहित भएको बताईन। उनले भनिन्, ”नेपाली कला र संस्कृतीलाई विश्वसामु चिनाउन यो राम्रो प्ल्याटफर्म हो। म पहिला सोच्ने गर्थे हाम्रो देशबाट यस्तो अबसर कहिले मिल्छ होला तर अहिले यो सम्भब भएको छ। म एकदमै खुशी छु।’

‘कान्स फिल्म फेस्टिभल’मा आफू चारवटा इभेन्ट्स्मा सहभागी हुने उनले जानकारी दिएकी छन् । ती हुन्, नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिब्यूट र गाला डिनर।

उक्त कार्यक्रममा प्रियंका नेपाली डिजाइनर सिवांगी प्रधानले डिजाइन गरेको पहिरनमा सजिनेछिन् । यही मञ्चमा हलिउड र बलिउडका चर्चित हस्तिहरु सहभागी हुनेछन्, जहाँ प्रियंकाका लागि उनीहरुसँगको घुलमिलको एउटा राम्रो अवसर हुनेछ। उनलाई आइतबार एयरपोर्ट पुर्याउन गएका प्रियंकाको आफन्त र आमा निकै खुशी भएको जनाएका थिए। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू