उनि कान सुन्दिनन्, बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगी भन्दा कम छैनन्

शर्मिला गुरुङ

काठमाडौं, २ जेठ : सुजल बम बहिरा हुन् । उनलाई अन्य मानिससँग कुरा गर्नका लागि साङ्केतिक भाषाको ज्ञान भएको व्यक्ति आवश्यक पर्छ या त दोभाषेको । त्यसो त उनी लेखेर पनि कुरा गर्न सकछिन् । विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी यि सुजल राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई अब्बल सावित गरिरहेकी छन् । उनी कान सुन्दिनन् र बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगी भन्दा कम छैनन्।

फेसन ईरा काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल अपाङ्गता असक्षमता होइन भन्ने कुरालाई पुष्टि गर्ने प्रयासरत छिन् यतिवेला ।

सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन् । विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी भइरहने सुजल कान नसुने पनि राम्रो नाच्छिन् ।

भविष्यमा डान्स र मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गर्दै अपाङ्गहरुका क्षेत्रमा काम गर्ने सुजलको योजना छ । उनी भन्छिन्, ‘म जस्तै थुप्रै अपाङ्गहरूले अवसर पनि नपाउने र सहयोग पनि नपाउँदा उनीहरु आफुलाई कमजोर महसुस गरिरहेका हुन्छन् । त्यस्ता ब्यक्तिहरूका लागि म प्रेरणाको स्रोतत बन्न सकुँ ।’

जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा विजेता बन्नका लागि सुजलले भोटका लागि सबैसँग अपिल गरेकी छन् । भोटका लागि अपिल गर्दै उनले भनिन् मोबाइलको म्यासेज बक्समा गएर fsee(space)1 टाईप गरी 33001 मा पठाएर म जस्तै फरक क्षमता भएकाको हौसला बढाइदिनुहोस् । भोट जुनसुकै कम्पनीको मोबाइलबाट गर्न सकिनेछ । भोट गर्ने अन्तिम मिति २०७६ जेष्ठ ५ गते राति १२ः०० बजेसम्म रहेको छ ।

फेसन ईराका अनुसार अनलाइनबाट समेत भोट गर्न सकिने छ । त्यसका लागि Digipay एप डाउनलोड गरी एक पटकमा बढिमा १०० वटा भोटसम्म गर्न सकिन्छ र दिनमा धेरै पटक सम्म भोट गर्न सकिन्छ । यसको फाईनल जेष्ठ ६ गते दिउँसो १ बजे काठमाडौंको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा हुँदैछ ।

प्रतिक्रिया