काबुल विस्फोटमा परी छ जनाको मृत्यु

रिता घिसिंग

काबुल, ७ चैत (रासस÷एएफपी) : अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ ।

राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो ।

काबुलमा आज बिहान भएको एक विस्फोटमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको छैन ।

काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरुको नयाँ वर्षको विदा मनाउन बसेका अफगान नागरिकको भीडमा सो विस्फोस्ट भएको थियो ।

अफगानिस्तानका सिया मुसलमान समुदायलक्षित आइएस आतङ्ककारी समूहले पनि बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।

प्रतिक्रिया