काभ्रेको पाँचखालमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण

admin

काभ्रे, ३१ भदौ : काभ्रेको पाँचखालमा लुक्लाबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । लुक्लाबाट काठण्डुका लागि उडेका मनाङ्ग, सिम्रिक र कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल नगरपालिका वडा नम्बर २ जोरपाटीमा ३ र होक्सेमा १ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

खराब मौसमका कारण लुक्लाबाट पर्यटक लिएर आएको हेलिकप्टर आकस्मिक अवरण गरिएको काभ्रेका एसपी जनकराज सापकोटाले पुष्टि गरे । उनका अनुसार हेलिकप्टरका सबै यात्रु शकुशल छन् । मौसममा सुधार आएपछि मात्रै हेलिकप्टरहरुले गतन्ब्यका लागि उडान भर्नेछन् ।

प्रत्येक हेलिकप्टरमा ४ देखि ५ जना यात्रु रहेको एसपी सापकोटाले बताए । यसैबीच सिन्धुलीको नेपालथोकमा समेत लुक्लाबाट आएको हेलिकप्टर आकस्मिक अवरण गराइएको छ । ३ वटा हेलिकप्टर आकस्मिक अवरण भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया