काभ्रेको बस दुर्घटना अपडेट: एकको मृत्यु, तिनको अवस्था गम्भीर

admin

धुलिखेल, २५ कार्तिक : काभ्रेको बेलामा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल धुलिखेलमा उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । मृतकको नाम खुलेको छैन ।

दुर्घटनामा परि २४ जना घाइते भएका छ्न भने ३ जनाको अवस्था गम्भीर भएकाले काठमाडौँको नर्भिक अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी काभ्रेले जानकारी दिएको छ ।

२१ जना घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइ रहेको छ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २,बेलामा दुर्घना भएको हो । बस सडकबाट करिव १५० मिटर तल खसेको हो।

प्रतिक्रिया