काभ्रे गोलीकाण्ड अपडेट : विप्लव समूहका ४ कमाण्डर पक्राउ

admin

काठमाडाै, चैत :नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले दावी गरेको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेको प्रहरी उच्च स्रोतले बतायो । प्रहरीले पक्राउ परेकाहरुको परिचय गोप्य राखेको छ । उनीहरुलाई काठमाडौं ल्याइसकिएको छ । प्रहरीका अनुसार उनीहरु कोही पनि घाइते छैनन् ।

प्लव समूहले माओवादी जनयुद्धमा जस्तै सिंगो नेपाललाई पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिम कमाण्ड भनेर बिभाजन गर्दै नेता-कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । काभ्रेबाट पक्राउ परेकाहरु मध्य कमाण्डका कमाण्डरहरु रहेको प्रहरीको दाबी छ । राति काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा थियो । विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो ।

उनीहरुलाई फलो गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरी पक्षको भनाइ छ । काभ्रे घटनाबारे विप्लव समूहबाट भने अहिलेसम्म कुनै धारणा बाहिर आएको छैन ।यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।

प्रतिक्रिया