कालीप्रसाद माथि फेरी लाग्यो संगीत चोरीको आरोप (भिडियो)

मनिषा थापा
भक्तपुर : चर्चित गीतकार काली प्रसाद बास्कोटा माथि संगीत चोरीको आरोप लागेको छ। उनी माथि पटक-पटक संगीत चोरेको आरोप लाग्दै आएको छ। अहिले भने ‘समाचार’बोलको गीतको संगीत चोरेको आरोप लागेको छ ।

गायक तथा संगीतकार बिक्की महतले उनी माथि संगीत चोरेको आरोप लगाउनुको साथै टेकु प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका हुन्। उनले गत १० महिना अगाडि रेकर्ड गराएको उक्त गीत ‘समाचार’सँग मिल्न गएको बताएका छन्। उनले प्रतिलिपि अधिकारको विषयमा छलफल गर्न प्रयत्न रहेको उजुरीमा उल्लेख गरिएको छ ।

महतले भने, ‘बास्कोटाजीले आफैले संगीत रचना गरेको जस्तो व्यवहार देखाउनुभयो। हामी त गीत बनाउदा अनुसन्धान गर्छौ। उहाँ जस्तो चर्चित व्यक्तिले विना खोज यस्तो कार्य गर्नु जायज हैन।’

प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछि सोमबार महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् । यसअघि पनि कालीप्रसादलाई ‘इन्स्टाको फोटो’ गीत विदेशी गीतबाट चोरी गरेको आरोप लागेको थियो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू