काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

मनिषा थापा

श्रीनगर, २६ असोज :  भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ ।

भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो ।
हान्दवारा जिल्लामा भएको दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी मारिएका प्रहरी प्रवक्ताले बताउनु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो ।

यस दोहोरो झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जानकारी दिइएको छ । (रासस -सिन्ह्वा)

प्रतिक्रिया