किन उमेर पुगेका युवतीहरु बिबाह गर्न आनाकानी गर्छन ? यस्तो छ कारण

रिता घिसिंग

एजेन्सी : एकजमना थियो, उमेर नपुग्दै विवाह गर्ने । अर्थात १० वा १२ बर्षको उमेरमा विवाह गरिदिने । छोरीलाई ‘कन्यादान’ दिएपछि स्वर्ग पुगिन्छ भन्ने सोचाईले कलिलै उमेरमा छोरीको विवाह गरिदिने चलन थियो । धेरै पर पुग्नुपर्दैन, हाम्रा पिता-पूर्खा पनि यस्तै परिवेशबाट गुजि्रए । उनीहरुले त्यस्तो उमेरमा विवाह गरे, जतिबेला उनीहरुलाई दाम्पत्य जीवनबारे केही थाहा थिएन ।

अहिले समय बद्लियो । सानो उमेरमा विवाह गर्ने चलन छैन । अब त किशोर वा युवाअस्थाको विवाह पनि पर धकेलिदैछ । यस्तो लाग्छ, विवाह कुनै हतारको काम होइन ।

अहिले धेरैजसो युवती उमेर ढल्किसक्दा पनि विवाहका लागि राजी हुँदैनन् । २५-३० वर्षको उमेर सम्म पनि एक्लो जीवन बाँच्दै आएका छन् । उनीहरुलाई अहिले न त विवाहको चिन्ता छ, न त उनीहरुको जीवन जिउने तरीकामै कसैले प्रश्न उठाउने गरेको छ ।

बरु उनीहरुलाई अहिले विवाहको भन्दा पनि करियर बनाउने चिन्ता बढेको छ । हुन त अभिभावकलाई छोराछोरीको विवाहलाई लिएर चिन्ता हुनु स्वभाविक हो । तर आजकलका महिलाहरु आफ्नो विवाहलाई लिएर त्यती चिन्तित छैनन् । बरु एक्लो जीवनको मज्जाले आनन्द उठाउँछन् ।

विवाह बन्धनमा बाधिनु पूर्व विवाह गर्नाले आइपर्ने हरेक पलबारे राम्ररी सोचविचार गर्छन् । किनकी आजको युगमा महिलाहरुको अन्तिम लक्ष्य विवाह मात्रै हैन । र, उनीहरुको यो सोचप्रति आजकलका अभिभावकहरु पनि सहमत हुन थालेका छन् । उनीहरुको यो सोचलाई समाजले पनि स्वीकार्न थालेको छ ।

समाजशात्रीहरुका अनुसार आजकलका युवायुवती पढेलेखेका छन् । उनीहरु शिक्षित हुँदै गएका छन् । र, शिक्षाकै कारण उनीहरुको मात्र नभएर सम्पूर्ण समाजकै सोच नै बदलिन थालेको छ । मानिसहरुमा आत्मविश्वास जाग्न थालेको छ । उनीहरु आत्मनिर्भर हुन थालेका छन् ।

जसले गर्दा अहिलेका पिढीलाई विवाह गर्नु भन्दा आफ्नो करियरमा फोकस गर्नु बढी आवश्यक लाग्न थालेको छ । कयौ महिलाले आफ्नो परिवारलाई आर्थिक सहयोग समेत गर्दै आएका छन् । जसले गर्दा उनीहरुका लागि विवाह भन्ने कुरा कम महत्वपूर्ण हुँदै गएको छ ।

त्यतिमात्र हैन, समाजमा हुने बेमेल विवाहले पनि कयौ महिलाहरुको सोच परिवर्तित गरेको छ । जसले गर्दा उनीहरु विवाह गर्नुभन्दा एक्लो जीवन बाँच्नमै खुशी महसुस गर्न थालेका छन् ।

त्यसबाहेक, ‘चट मगनी, पट विवाह’ मा आजकलका युवापुस्ताले विश्वास पनि गर्दैनन् । हरेक दिन बढीरहेको डिर्भोसको घटनाका कारण पनि उनीहरुले आफ्नो सोच बदल्न बाध्य भएका छन् ।

त्यस्तै, एकल परिवार, कमिटमेन्टको भय, पश्चताप जीवनशैलीको प्रभावका कारण पनि आजकलका युवापुस्तामा ढिलो विवाहको होड बढ्दो क्रममा छ ।

कसरी खोज्ने सही जीवनसाथी ?

अहिलेका युवापुस्ता मेचोर हुँदै गएका छन् । तर उनीहरुमा सहनशक्ति, त्याग तथा बलिदान जस्ता कुरा कम हुँदै गएको छ । उनीहरुको यस्तो जीवनसाथीको खोजीमा हुन्छन्, जसले उनीहरुलाई सम्झिउन्, पैसा, स्टेटस जस्ता कुरा बाहेक पनि भावनात्मक सर्पोट बढी होस् ।

यी कारकबाहेक पनि अन्य थुप्रै व्यक्तिगत कारण पनि हुन्छ, जसले गर्दा ढिलो विवाह हुने गर्छ । त्यसबाहेक, अभिभावकको सोचमा आएको परिवर्तनका कारण आजकल युवापुस्ताको विवाह ढिला हुन थालेको छ ।

त्यतिमात्र हैन, आजकलका अभिभावकले युवापुस्तालाई विश्वास पनि धेरै नै गर्छन् । त्यसैले, उनीहरुले आफ्नो बच्चालाई धेरै दवाव दिदैनन् । बरु पढाई नसकिएसम्म र करियर नबनाएसम्म विवाह नगर्न सुझाव दिन्छन् ।

अझ भनौ आजकलका अभिभावक आफ्नो बच्चाको खुशीका लागि समाजसित लड्न पनि तयार हुन्छन् । उनीहरु कुनै पनि हालतमा समाजसित झुक्न चाहँदैनन् । उनीहरुका लागि आˆना छोराछोरीको खुशी नै सर्वोपरी हुन्छ । उनीहरुलाई आˆनो छोराछोरीको भविष्यलाई लिएर चिन्ता अवश्य हुन्छ । उनीहरु आफू छँदै ‘छोराछोरीले विवाह गरुन्’ भन्ने पनि चाहना राख्छन् । तर, फेरी, बच्चाको खुशीको अगाडी उनीहरुको चिन्ता बेकार हुन पुग्छ । र, उनीहरु यसको अन्तिम निर्णय बच्चाहरु माथि नै छोडिदिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू