किन ऐश्वर्या रायको दाई बन्न मानेनन् सलमान खान ?

रिता घिसिंग

एजेन्सी : कुनै बेला बलिउडमा अभिनेता सलमान खान र ऐश्वर्या रायको सम्बन्धको बारे निकै चर्चा हुन्थ्यो ।उनीहरु नजिकिएपछी लव अफयेरको कुरा बाहिर आएको थियो । सलमान खान र ऐश्वर्या राय फिल्म हम दिल दे चुके सनाम’ काट नजिकिएका थिए । त्यति बेलाको लव अफयेरको चर्चा अहिले पनि चलिरहेको छ । उनीहरुको अहिले बोलचाल छैन् ।

सन् २००० मा आएको फिल्म जोशमा सलमान खान र ऐश्वर्यालाई फिल्मका लागि अफर गरिएको थियो ।तर, सलमानले उक्त फिल्म रिजेक्ट गरेका थिए ।पछि त्यो फिल्ममा शाहरुख खानले काम गरेका थिए ।उक्त फिल्ममा सलमान खानलाई ऐश्वर्याको दाइको भुमिका अफर गरिएको थियो । ऐश्वर्याको दाई बन्ने भएपछि उनले फिल्म अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू