किन खानेकुरा तारेपछी उब्रेको तेल प्रयोग हुँदैन ?

रिता घिसिंग

एजेन्सी : कुनै खानेकुरा तारेपछी उब्रिकाे तेल प्रयोग गर्नाले यस्ता समस्याहरु आउन सक्छन् हामी विभिन्न तारेका खानेकुराहरु खाना निकै रुचाउने गर्छौं । यस्ता खानेकुराहरुको स्वाद निकै मिठो हुने भएकाले मानिसको आकर्षण यस्ता खानाहरु प्रति बढी हुने गर्छ । कुनै खानेकुरा तारेपछी तेल उब्रिने गर्छ । हामी यस्ता खालका तेललाई फेरी प्रयोग गर्ने गर्छौं । तर यसो गर्नु गलत हो । यस्ता खालको तेलले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । त्यसैले हामीले एकपटक प्रायोग गरिसकेको तेल फेरी प्रयोग गर्न हुदैन ।

यसको प्रयोगले हाम्रो स्वास्थ्यमा आउने समस्या :
१) जति पटक ततायो, उत्तिनै विषाक्त : तेल जब पटक पटक तताइन्छ, त्यो विषाक्त बन्छ । जति धेरै पटक तताइन्छ, त्यो उत्तिनै क्यान्सरको कारक बन्न सक्छ ।

२) पेटको क्यान्सर हुनसक्छ : तेललाई पटक पटक तताएर प्रयोग गर्दा त्यसले पेटको क्यान्सर हुने संभावना रहन्छ । यसरी तेल प्रयोग गर्दा त्यसमा विस्तारै विस्तारै फ्रि रेडिकल्स बन्न थाल्छ । यस रेडिकल्स श्राव भएपछि तेलको एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । यसरी बाँकी रहेको तेल क्यान्सरको कारण बन्न सक्छ ।

३) कोलेस्टोर बढाउँछ : तेल तताउँदा कराहीमा कालो बोसो तत्व जम्मा हुन्छ । यो बोसो जब शरीरभित्र प्रवेश गर्छ, त्यसले कोलेस्ट्रोल बढाइदिन्छ । यसले मोटोपन पनि बढाइदिनसक्छ । एसिडिटी र मुटुको समस्या निम्त्याउन सक्छ ।

प्रतिक्रिया