किन राम्रा मानिसले मात्र दुःख पाउँछन् ? जान्नुहोस

रिता घिसिंग

एजेन्सी : महापुरुष स्वामी विवेकानन्द अध्यात्म गुरु मात्र नभएर युवाहरुमा ऊर्जाको विकास गराउने उपदेशहरु पनि दिने गर्थे । उनी रामकृष्ण परमहंसका शिष्य थिए । त्यसै समयमा स्वामी विवेकानन्दले उनका गुरु रामकृष्णलाई जीवनसम्बन्धी तथ्यहरुबारे केही रोचक प्रश्नहरु गरेका थिए । यस्ता प्रश्नहरुको तार्कि एवम् महत्वपूर्ण उत्तर दिएर रामकृष्णले स्वामी विवेकानन्दको जिज्ञासा कम गरेका थिए । ती प्रश्नका उत्तरहरु यस प्रकार छन्-

१. जीवनमा राम्रा कामका लागि समय निकाल्न धेरै कठीन छ । जीवन जिउँदा किन यत्तिका समस्याहरु आइलाग्छन् र हामीलाई अल्झाउने गर्छन् ? जीवनमा सबैलाई आफ्ना गतिविधिहरुले घेरेर राखेका हुन्छन् । तर यसको उत्पादकत्वमा मात्र हाम्रो जीवनको सही अर्थ भर पर्नेछ ।

२. आज जीवन किन यस्तो जटिल अवस्थामा छ ? जीवनलाई विश्लेषण गर्न छोडेपछि मात्र यसको जटिलता कम हुँदै जानेछ । जीवनलाई आजको दिनमै जिउनु पर्छ । भोलि र हिजो भनेको हाम्रो कल्पना मात्रै हो वास्तविकता आजमा हुन्छ ।

३. त्यसो भए हामी सधैँ किन दुःखी हुन्छौँ ? सधैँ सबैकुरामा तनाव लिइराख्ने हाम्रो बानी भइसक्यो । त्यसैले हामी कहिल्यै खुसी रहन सक्दैनौँ ।

४. राम्रो मानिसले मात्र किन सधैँ दुःख पाउँछ ? हिरालाई चम्काउन धेरै रगड्नुपर्छ । सुनलाई शुद्ध बनाउन आगोमा तताउनु पर्छ । त्यस्तै राम्रो मान्छेहरुले गुज्रिनु पर्ने परीक्षाहरु अनुभव हुन् दुःख होइनन् । उनीहरुले दिनुपरेको परिक्षा कहिल्यै बेकार जाँदैन । यसले हाम्रो जीवन अझ सुन्दर अझ राम्रो बनाइदिन्छ ।

५. यसको मतलब यस्ता अनुभवहरु धेरै उपयोगी हुन्छन् ? हो जिवनका सम्पूर्ण अनुभवहरुको आआफ्नै मूल्य हुन्छ । कठोर अनुभवहरु शिक्षक जस्तै हुन्छन् । पहिले तिनले परिक्षा लिन्छन् अनि त्यसबाट सिक्नुपर्ने पाठ पढाउँछन् ।

६. जीवनमा सर्वोत्तम हासिल गर्न के गर्नुपर्छ ? यसका लागि बिना कुनै पछुतो आफ्नो विगतको सामना गर्नुपर्छ । अनि आफ्नो वर्तमानलाई भने पूर्ण आत्मविश्वासका साथ सम्हाल्न सक्नुपर्छ । र अन्त्यमा निडर भएर भविष्यको तयारी गर्नुपर्छ ।

७. कुनै कुनै बेलामा हामीलाई आफ्नो प्रार्थनाहरु बेकार भएजस्तो लाग्छ किन? कुनै पनि प्रार्थना कहिल्यै बेकार जादैनन् । आफ्नो आस्था कायम राख्दै डरलाई मनमस्तिष्कबाट निकाल्न सक्नुपर्छ । जीवन एउटा रहस्य हो जसलाई हामी आफैँले पत्ता लगाउन सक्नुपर्छ । तर यो कनै समस्या होइन जसलाई हामीले जीवनभर सुल्झिाइराख्नुपर्छ । यदि हामीले एकपटक जीवन कसरी जिउने भन्ने थाहा पायौँ भने साँच्चिकै जीवन आश्चर्यजनक लाग्न थाल्छ ।

प्रतिक्रिया