किन १३ लाई अशुभ अंक मानिन्छ ?

रिता घिसिंग

एजेन्सी : संसारका धेरै देशमा १३ अंकलाई अशुभ मानिन्छ । त्यही भएर कतिपय देशका होटेलमा १३ नम्बरको कोठा नै हुँदैन । पर्सि शुक्रवार जनवरी १३ तारिख हो । शुक्रवार १३ तारिख प–यो भने पश्चिमीहरू असाध्यै अशुभ मान्छन् । यस्तो संयोग परेको दिन अमेरिकामा करीब नौ अर्ब डलरको उत्पादनमा असर पुग्ने तथ्यांक छ ।

मनोविज्ञानले १३ अंकप्रतिको डरलाई ट्रिस्काइडेकाफोयिबा नामकरण गर्ने गरेको छ । तेह्र तारिखको दिन पश्चिममा सबभन्दा बढी दुर्घटना हुन्छन् ।

तेह्रलाई यसरी अशुभ मान्ने प्रचलनको शुरुवात बेबिलोनियन सभ्यताको कोड अफ हम्मुराबीबाट भएको मानिन्छ । यी कोडहरू त्यतिखेरका कानून हुन् । यिनमा १३ नम्बर नभएकाले त्यो अंक अशुभ मानियो।

इतिहासकार चाहिँ यो कुतर्क भएको विश्वास गर्छन् । अब छुट्यो होला नि १३ अंक लेख्न, के को शुभ अशुभको कुरा हुनु भन्छन् उनीहरू ।

अंकगणितको दृष्टिकोणबाट हेर्दा १३ अनुपयोगी र असुविधाजनक छ । यसअघि आउने १२ लाई गणितज्ञहरू पर्फेक्ट नम्बर मान्छन् । यही हिसाबमा १२ घन्टाको इकाइमा समय मापन गरिन्छ भने १२ महिनाको एक वर्ष हुन्छ । तेह्र चाहिँ अविभाज्य र अपरिमेय संख्या हो । कम उपयोगी भएका कारण यसलाई अशुभ मानिएको हुनसक्छ ।

क्रिस्चियनहरू चाहिँ बोक्सीहरूको १३ जनाको समूह हुने मान्यता राख्छन् । अनि बाइबलमा जीसस क्राइस्टलाई धोका दिने जुडास अन्तिम भोजमा भाग लिने तेह्रौं व्यक्ति थिए भनी उल्लेख छ ।

प्राचीन क्रिस्चियन ग्रन्थहरूका अनुसार येशुलाई शुक्रवारको दिन क्रसमा झुण्ड्याइएको थियो अनि इभले एडमलाई शुक्रवारकै दिन वर्जित फल खुवाएकी थिइन् । केनले एबललाई शुक्रवार हत्या गरेका थिए । यसैकारण शुक्रवार राम्रो दिन मानिन्न अनि त्यसमा १३ अंक थपिँदा त फ्राइडे द थर्टिन्थ खराबै हुने भयो क्रिस्चियनहरूका लागि ।

नर्डिक मिथहरूले पनि १३ अंक अशुभ हुनुका पछाडिका कथा हाल्छन्।

प्रतिक्रिया