किर्ते कागज बनाएर तीन करोड भ्रष्टाचार : विद्युत परियोजनाका १० विरुद्ध मुद्दा

admin

काठमाडौं : भोजपुरको षडानन्द  नगरपालिका साविक ५ र ६ मा विद्युत विस्तार परियोजनाका तत्कालीन प्रशासकीय प्रमुख जयनारायण खनालसहित १० विरुद्ध तीन करोड बिगो दाबीसहित मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयो अनुसन्धान आयोगले  आर्थिक वर्ष २०७३/०७४ को लागि नगरपालिका अन्तर्गतको विद्युत विस्तार परियोजनामा विनियोजित रकममा किर्ते कागजात तयार पारी रकम फरफारक गरी आर्थिक हिनामिना गरेको अभियोगमा २९ लाखका दरले बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

लेखा अधिकृत संतोष श्रेष्ठ, इन्जिनियर विमलकुमार राई, असिस्टेन्ट सब इन्जिनियर महेश कार्की, शिक्षा अधिकृत (बिनी) मणिराम तामाङ, वडा अध्यक्ष किशोर किरात, उपभोक्ता समिति अध्यक्ष फुर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ, संयोजक हेमकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो। 

 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको  अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। बिनी बाहेक सबैलाई  जनही २९ लाख ९४ हजार विगो माग दाबी गरिएको छ भने बिनी मणिराम तामाङविरुद्ध १८ लाख ६८ हजार बिगो माग दाबी गरिएको छ। 

प्रतिक्रिया