किसानलाई बिउ वितरण

शर्मिला गुरुङ

रामपुर, ७ मङ्सिर  :  रम्भा गाउँपालिका पाल्पाले किसानलाई अनुदानमा बीउवितरण गरेको छ ।गाउँपालिकाभित्रका पाँचवटै वडाका किसानलाई मागका आधारमा उन्नत जातको आलु तथा गहुँको बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभरिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर गराउन ५० प्रतिशत अनुदानमा भृकुटी र गौतम जातको गहुँ तथा कार्डिनल जातको आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाभित्र २२० क्विन्टल आलु तथा दुई हजार ५६० किलोग्राम गहुँको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

रम्भा गाउँपालिकाको वडा नं १ हुँगी, वडा नं ३ को पिपलडाँडा गहुँ उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । वडा नं ५ ताहुँ, वडा नं १ हुँगी–३ को पिपलडाँडा, वडा नं ४ हुमिन आलु खेतीका लागि प्रशस्त सम्भावना रहेको क्षेत्र मानिन्छ ।

गाउँपालिकाको ५० प्रतिशत र किसानले ५० प्रतिशत लगानी गरी आलुमा रु पाँच लाख २९ हजार २०० तथा गहुँमा रु एक लाख ६६ हजार ४०० गरी रु छ लाख ९५ हजार ६०० को बीउ खरिद गरिएको किसान एवत सारुले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया