‘कुम्भ करण’को दुई नयाँ पोस्टर सहित रिलिज मिति सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १४ वैशाख : आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भकरण’को अफिसियल फस्टलुक २ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक २ पोस्टरमा गौरब पहाडीलाइ अरु चलचित्रमा भन्दा अलि भिन्न रुपमा प्रस्तुत गरिएको छ। गौरब सँगै पोस्टरमा भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाइ देखाईएको छ । पोस्टरमा देखाईए अनुसार नायिका निशा अधिकारी शिक्षिकाको रुपमा प्रस्तुत भएकी छिन भने गौरब पहाडीपनि शिक्षककै रुपमा देखाईएको छ ।

आउँदो जेष्ठ १७ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रको “कुटु कुटु” बोलको पहिलो गीत सार्वजनिक भएको थियो । चलचित्रको मुख्य कलाकार नायिका निशा अधिकारी र गौरब पहाडीलाइ फिचर गरिएको उक्त गीतले बाजारमा निकै चर्चा तथा परिचर्चा बटुलेको थियो । सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित यस चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद र दिपक ओलीको निर्देशन रहेको छ ।

चलचित्रमा नायिका निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन । चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत, कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । हरि घले लामाले खिचेका चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका करण श्रेष्ठले वितरण गर्ने भएको छ ।

प्रतिक्रिया