कुवेतमा बेचिएकी चेलीको चित्कार “मलाई यहाँबाट निकाल्नुस” (भिडियो)

मनिषा थापा

पिएनपिखबर : विगत केही वर्ष यता रोजगारीका लागि विदेशिने महिलाहरुको संख्या ह्वात्तै बढेको पाइन्छ। परिवारको आर्थिक स्थिति र जीवनस्तर उकास्न वैदेशिक रोजगार राम्रो विकल्पको रुपमा लिने हुँदा अबैध रुपमा विभिन्न नाका हुदै विदेशिने महिलाहरुको संख्या झनै तिव्र रहेको छ। 

 बिशेष गरी दलालको प्रलोभन र फन्दामा परेर लाखौ नेपाली महिलाहरु विदेशमा अलपत्र पर्ने गरेका छन् ।

त्यस्तै कुवेतमा बेचिएकी एक नेपाली चेलीले बन्धक बनाएर चरम यातना दिएको र उद्दार गर्न अपिल गर्दै फेसबुकमा आफ्नो भिडियो सार्वजनिक गरेकी छिन्। नुवाकोटको महाकाली वडा नम्बर ८ की अनु तामाङ कुवेतमा बेचिएकी छिन्। ५/६ महिना अघि दलालको प्रलोभनमा परि भारत हुँदै कुवेत पुगेकी तामाङलाई अहिले शारीरिक तथा मानसिक यातना दिएर बन्धक जस्तै बनाइएको छ । राम्रो पैसा सहितको राम्रो काम पाउने आशामा कुवेत पुगेकी तामाङ अहिले आफुलाई उद्धार गर्न पनि अपिल गरिरहेकी छिन् ।

नेपालीबाटै बेचिन पुगेकी उनलाई घरमा काम गर्ने मालिकले बन्धक बनाई यातना दिने गरेको बताएकी छिन्। हाल भारतमा बस्दै आएका मानवतस्कर रमेश खत्रीले उनलाई कुवेत पुर्याएका हुन । खत्रीले यसरी नै थुप्रै नेपाली चेलीहरुलाई विभिन्न प्रलोभन देखाउदै कुवेत पुर्‍याउदै आएको उनको भनाई छ । मानवतस्कर खत्रीको ठुलो गिरोह गरेको कुवेतमा बेचिएकी अनु तामाङ बताउछिन । मानवतस्करकी कुवेतस्थित एजेन्ट रिताले त्यहाँका साहुहरुलाई नेपाली युवती बेच्ने गरेको उनको आरोप छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू