कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ : मन्त्री लामा

admin

भरतपुर, ६ माघ :  प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि र पर्यटनको क्षेत्रबाट समृद्धिको लडाइँ लड्नुपर्ने बताउनुभएको छ । चितवनको खैरहनीमा जारी छैठौँ खिचरा महोत्सवमा भएको कृषि प्रदर्शनीमा उत्कृष्ट भएका कृषकलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले कृषि क्षेत्रबाट उत्पादनमुखी बन्नुपर्ने बताउनुभयो । 

मन्त्री लामाले नेपालमा कृषि र पर्यटनको माध्यमबाट रोजगारी र उत्पादनमुखी काम गरेर आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । “चितवनको पहाडी क्षेत्रमा धेरै किसिमको फलफूल उत्पादन गर्न सकिन्छ”, मन्त्री लामाले भन्नुभयो, “त्यसतर्फ कृषि मन्त्रालयको ध्यान केन्द्रित भएको छ ।” उहाँले पहाडी क्षेत्रको माटो परीक्षण गरी माटो अनुकूल खेती गर्न किसानलाई प्रोत्साहन गरिने बताउनुभयो । 

 

उहाँले खैरहनीमा थारू जातिको सङ्ग्रहालय निर्माणका लागि प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन गरिएको र थप रकम आवश्यक परे प्रदेशबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

-रासस 

प्रतिक्रिया