कृषि विकास बैंक ह्याक हुनुमा कर्मचारी कै हात 

मनिषा थापा

भक्तपुर : कृषि विकास बैंक ह्याक प्रकरणमा बैंकमै कार्यरत कर्मचारीको संलग्नता रहेको पाइएको छ। उक्त कर्मचारी लाहान शाखाका सुनिलकुमार झा रहेको जानकारी छ। उनकै कम्प्युटर प्रयोग गरेर बैंकको गोप्य सूचना बाहिरिएको अनुसन्धानबाट खुल्न आए पछि झालाई प्रहरीले पक्राउ गरेको हो। 

५ अर्ब नेपाली रुैपैयाँ चोरी गरेर विदेश पुर्याउने योजनाका साथ बैंकको सिस्टम ह्याक गरेपछि असोज ५ गते बैंकको लहान शाखामार्फत विभिन्न ब्यक्तिलाई रकम ट्रान्सफर गरेका थिए ।

बैंकमा रकम निकाल्न पुगेका विभिन्न १६ जना ब्यक्तिलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । यस घटनाका मुख्य योजनाकार भनिएका काले उर्फ पिटरलाई भने अहिले सम्म प्रहरीले गिरफ्तार गर्न सकेको छैन। 

ह्याक गरी निकालीएको रकम पिटर उर्फ कालेलाई पठाए बापत उनीहरुले १० देखि ३५ प्रतिशत रकम कमिशन पाउने लोभमा बैंकबाट रकम निकालेको बयान दिएका छन् ।

प्रतिक्रिया