के तपाईंको घाँटी सधै खराब रहन्छ ? यसरी बचाउनुहोस् जाडोबाट

रिता घिसिंग

घाँटी खसखस गर्यो भन्दैमा आतिएर डाक्टरकोमा जानुभन्दा घरेलु उपचार अपनाउनु धेरै लाभदायक हुन्छ। घाँटी खसखस गर्नु र टाउको दुख्नुको सम्बन्ध चिसोसंग रहेको हुन्छ त्यसैले चिसोबाट बच्ने उपायहरु अपनाउदा पनि घाँटीको समस्याबाट बच्न सकिन्छ।

घाँटी खसखस गरेमा यस्ता विधी अपनाउनुहोस् :

१) नुनपानीले कुल्ला गर्ने : विभिन्न अध्ययनले घाँटी खसखस गरेमा वा दुखेमा नुनपानी हलुका तताएर घाँटी कुल्ला गरेमा घाँटीको समस्या निको हुने देखाउछ । चिकित्सकहरुले पनि घाँटी खसखस गरको समयमा नुनपानिले घाँटी कुल्ला गर्न सल्लाह दिएको पहिने गरिन्छ ।

२) कफ सिरफ : घाँटी खसखस गरेको समयमा कफ सिरफ पनि लिन सकिन्छ तर यसको प्रयोग कुन समयमा गर्नुपर्छ भन्ने जानकारी हुनुपर्दछ । यसले आरामको साथसाथै निन्द्रापनि ल्याउन मद्धत गर्दछ ।

३) पर्याप्त पानी : शरीरमा पानीको मात्रा कमी भएमा पनि घाँटीमा खसखस सुरु हुने गर्दछ । शरीरमा पानीको मात्रा पर्याप्त भएमा म्युकसमेम्ब्रेन राम्रो हुने गर्दछ जसले किटाणुप्रति प्रतिरक्क्ष्यक गर्ने गर्दछ ।

४) हर्बल टि : हर्बल टीको प्रयोगले पनि घाँटीको खसखसमा कमी आउने गर्दछ । यसमा हुने एन्टीअक्शीडेन्टलले औषधिको रुपमा काम गर्ने गर्दछ ।

५) फलफुलको सेवन : फलफुलमा पर्याप्त मात्रामा पानी जुसको रुपमा पाइने गरिन्छ जसले हाम्रो शरीरमा पानीको मात्रामा कमी हुन दिदैन र घाँटीको खसखसबाट बचाउछ ।

६) मुख सुक्न नदिने : घाँटीको समस्या हुँदा केहि कुरा खान अप्ठ्यारो हुने गर्दछ तर यस्तो भयो भन्दैमा नखाइकन बसेर मुख सुक्न दिन हुदैन । केहिनकेहि खाई राखेर मुखलाई खालीरख्न हुदैन । भिक्स वा स्त्रेप्सिल जस्ता कुराहरुले मुखलाई रसमय बनाउछ र सुख्खा हुनबाट बचाइराख्छ ।

प्रतिक्रिया