के तपाईलाई खराब डाकर आउछ ? चपाउनुहोस् चुइंगम

रिता घिसिंग

जाडो मौसममा खाना खाएपछि बाहिर जान मन लाग्दैन । फलस्वरुप पाचन क्रियाले राम्ररी काम गर्दैन र खराब डकार आउने हुन्छ । हालै ब्रिटेनमा गरिएको एक अध्ययनलाई मान्ने हो भने चुइंगमले यो समस्याबाट बचाउँछ । ब्रिटिश वैज्ञानिकहरुले गरेको एक अध्ययनमा खाना खाएपछि चुइंगम चपाउने गरेमा भोजन नलीमा भएको एसिड तथा खराब डाकरलाई रोक्न मद्दत मिल्ने बताइएको छ ।

चुइंगम चपाउनाले र्याल बढ्छ, जसले पेटमा उत्पन्न हुने एसिडको तिव्रतालाई नियन्त्रण गर्छ । यसको अर्थ खाना खाएपछि चुइंगम चपाएमा केही हदसम्म खराब डकार आउने समस्या कम हुन्छ । छाती पोल्ने समस्यालाई पनि चुइंगम चपाएमा कम हुने बताइएको छ । चुइंगम चपाएपछि बन्ने र्यालले भोजन नलीमा उत्पन्न हुने खराब डकार वा एसिडलाई पेटतिरै धकेल्छ ।

अध्ययनकर्ताले चुइंगम चपाउनुहोस्, तर त्यो सुगर फ्रि हुन आवश्यक रहेको बताएका छन् । जसले वजन नियन्त्रण गरी दाँतलाई किरा लाग्नबाट पनि बचाउँन मद्दत गर्छ । अमेरिकाका विशेषज्ञका अनुसार, चुइंगम चपाउनाले अन्य पनि फाइदा छन्, जस्तै मुखको व्यायाम हुन्छ, अनुहारको काम नलाग्ने सेल्सलाई टुक्रयाउँछ र अनुहारमा चमक ल्याउँछ । नेपाली हेडलाइनकाे सहयाेगमा

प्रतिक्रिया