के तपाईले ओछ्यान छाड्दा घाम झलमल्ल भइसकेको हुन्छ ? ब्रम्हा मूहूर्तमा उठ्नुहोस्, मिल्नेछ प्राणवायु

मनिषा थापा

हाम्रा पिता-पूर्खाहरु भन्थे, ‘बिहान चाडै उठ्नुपर्छ । ब्रम्हा मूर्हतमा उठ्नाले शरीर निरोगी हुन्छ । मन शुद्ध हुन्छ ।’ अंग्रेजीमा एउटा भनाई छ, ‘अर्लि टु बेड, अर्लि टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ राती चाडै सुत, बिहान चाडै उठ । स्वस्थ्य, बुद्धिमान र धनी हुन्छौं ।

वास्तवमा राम्रो दिनको सुरुवात गर्ने हो भने, हरेक बिहान सूर्योदयको दृश्य हेर्नुपर्छ । किनभने आज जुन सूर्योदयको दर्शन गरिन्छ, फेरी त्यो कहिल्यै गर्न सकिनेछैन । सूर्योदय अघिको समयलाई ब्रम्हा मूहूर्त भनिन्छ । हो, यही समयमा उठ्नुपर्ने बताइन्छ । यदि ब्रम्हा मूहूर्तमा उठ्ने र यताउता टहल्ने हो भने हामीलाई प्राणवायु मिल्छ । किनभने यस समयमा वायुमण्डलमा जुन वायु वहन्छ, त्यसलाई प्राण वायु भनिने गरिन्छ ।

ब्रम्हा मूर्हूतको समय बिहान सूर्योदयअघि चार वा पाँच बजेको बीचलाई मानिन्छ । यद्यपी हाम्रो धर्मशास्त्रले रातको अन्तिम प्रहरको तेस्रो हिस्सा वा चार घडीसम्म ब्रम्हा मूहूर्त हुन्छ । ब्रम्हा मूहूर्त नै उठ्नका लागि उचित समय हो । आखिर किन त ?

  • ब्रम्हा मूहूर्तमा उठ्दा वायुमण्डलमा अति शुद्ध वायु चलिरहेको हुन्छ । यही वायु हाम्रो शरीरले ग्रहण गर्छ । यसबेला वायुमण्डल प्रदूषणरहित हुन्छ ।
  • आयुर्वेदले यस समयमा बहने वायुलाई अमृततुल्य भनिएको छ । ब्रम्हा मूहूर्तमा उठेर टहल्दा शरीरमा संजीवनी शंक्ति संचार हुन्छ ।
  •  ब्रम्हा मूहूर्तमा उठ्दा सौन्दर्य, बल, स्वास्थ्य र बिद्या मिल्छ ।

पछिल्लो समय विज्ञानले पनि बिहान चाडै उठ्नुलाई अति उत्तम भनी पुष्टि गरेको छ । एक वैज्ञानिक अध्ययन अनुसार बिहान चाडै उठ्ने व्यक्तिमा डिप्रेसनको संभावना एकदम कम हुन्छ । जबकी बिहान अबेरसम्म सुत्ने व्यक्तिमा मोटोपन, तनाव, आलस्य, हृदयरोग आदि हुने गरेको पाइन्छ ।

कोलोराडो बोल्डर युनिभर्सिटीका डायरेक्टर सेलिन वेटरका अनुसार, ‘बिहान चाडै उठ्दा स्वास्थ्य लाभ मिल्छ ।’ राती लामो समयसम्म बस्ने, अझ धुमपान, मद्यपान गर्नेको स्वास्थ्यमा एकदम संकट आउन सक्छ । जबकी बिहान चाडै उठ्ने, टहलने, व्यायाम गर्ने, योग गर्ने व्यक्ति निरोगी र तन्दुरुस्त हुन्छन् ।

‘साइकेटि्रक रिसर्च’ नामक पत्रिकाले गरेको रिसर्च अनुसार राती अबेरसम्म बस्ने र बिहान अबेर उठ्ने व्यक्तिमा सामान्य भन्दा दुई गुना बढी डिप्रेसनको समस्या हुनसक्छ ।

प्रतिक्रिया