के तपाई भाडामा बस्नुहुन्छ ? यसरी हटाउनुहोस् आफ्नो कोठाको वास्तुदोष

रिता घिसिंग

पिएनपिखबर : प्राय हामी यस्तो सोच्छौ की वास्तुशास्त्रको लाभ लिनका लागि बनिसकेको घरको तोडफोड गर्नुपर्दछ। र वास्तुको दोष केवल घरमालिकलाई मात्र पर्दछ र भाडामा बस्नेलाई पर्दैन। वास्तुशास्त्र अनुसार तपाई जुन भवनमा बस्नुहुन्छ, त्यसको तपाईको जीवनमा गहिरो असर पर्दछ। चाहे त्यो भाडामा बस्ने होस् वा आफ्नै घरमा बस्ने किन नहोस्।

प्रवेश द्वार
भवनको जुन क्षेत्रमा तपाईको कोठा छ, त्यहाँ प्रवेश गर्ने मुख्य ढोकाको तपाईको जीवनमा गहिरो प्रभाव पर्दछ। उदाहरणका लागि यदी उक्त ढोका दक्षिण दिशाको तेस्रो स्थानमा छ भने अत्यन्त धन एवम यशको कारण बन्न सक्छ। एक भवनमा ३२ प्रवेशद्वार हुनु शुभ मानिन्छ।

जसमध्ये कुनै राम्रा र कुनै नराम्रो प्रभाव पर्ने खालका हुन्छन्। यदी तपाई बस्ने घरको प्रवेश द्वार गलत दिशामा छ भने उययुक्त रंग लगाएर उक्त द्वारको कुप्रभाव रोक्न सकिन्छ ।

कोठाको दिशा
वास्तुशास्त्रको वैज्ञानिक तथ्यलाई बुझ्नुहुन्छ भने तपाई घरका प्रत्येक कोठा आदर्श दिशामा निर्धारण गर्न सक्नुहुन्छ। वास्तुशास्त्रका अनुसार प्रत्येक कोठाका १६ दिशामै प्रभाव बताइएको छ।

भाडाको घरमा बस्ने बेलामा बेडरुम एवम शौचालय आदर्श दिशामा रहेको रोज्नुहोस्। यदी त्यसो भएन भने तपाईले भित्ताको रंग, एवम फुलदानी जस्ता बस्तु राखेर कोठाको नकारात्मक प्रभाव हटाउन सक्नुहुनेछ।

बस्तु राख्दा ध्यान दिनुपर्ने कुरा
यदी तपाई फोटोग्राफ्ट, पेंटिंङ एवम् रेकोरेशनका बस्तु सही दिशामा राख्नुहोस्। तपाईले भाडाको घरमा पनि वास्तुशास्त्रको सही प्रयोग गरेर सुख, शान्ति र समृद्धी जीवन बिताउन सक्नुहुनेछ।

प्रतिक्रिया