के साँच्चै १८२ मिटर अग्लो ‘स्ट्याचु अफ युनिटी’ टुट्न लागेको हो त ?

रिता घिसिंग

पिएनपिखबर : ३ हजार करोडको लागतमा निर्माण गरिएको सेनानी वल्लभ भाई पटेलको मुर्तिमा एक महिना नहुदै चिरा पर्न थालेको भन्दै सामाजिक संजालमा समाचारहरु आउन थालेको छ। के साँच्चै १८२ मिटर अग्लो ‘स्ट्याचु अफ युनिटी’ टुट्न लागेको हो त ? सामजिक संजालमा यस्तै भिडियो भाइरल भैरहेको छ।

जसमा मुर्तिमा रहेको सेतो भागमा चिन्ह लगाएको छ। तर बास्तबिकता अर्कै छ उक्त सेतो भाग चिरा परेको भने होइन। ठुला ठुला भित्ताहरु जोड्दा यस्तो लाइन देखा पर्छ। सोहि लाइनलाई मानिसहरु  ‘स्ट्याचु अफ युनिटी’ टुट्न लाग्यो भन्दै झुटो समाचार फैलाईरहेका छन् ।

उक्त स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाई १८२ मीटर (६००) फिट रहेको बताइएको छ । उक्त स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू