के हो जनै खटिरा ? यस्ता छन् यसका लक्षण र उपचार

रिता घिसिंग

एजेन्सी : जनै खटिरा (हर्पसजोस्टर) एक प्रकारको भाइरल इन्फेक्शन हो । एसलाई पीडादायक समस्याको रूपमा लिन सकिन्छ । किनभने, छालामा देखिने यो रोग मा स–साना पानीफोका जस्ता आउने खटिराहरू चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ ।

चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जोष्टर नामक भाइरसको संक्रमणले यो रोग लाग्दछ । अंग्रेजीमा एसलाई शिंगल्स तथा डाक्टरी भाषामा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपालीमा जनैखटिराका नामले प्रसिद्ध छ ।

जनै खटिरा एक प्रकारको छालाको रोग हो । प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने भएकाले यो प्रौढहरूमा बढ्ता देखिने गरेको छ । एसलाई सामान्य खालको छाला को रोग ठान्ने भ्रममा पर्नु हुँदैन ।

शरीरकोरोग प्रतिरोधी क्षमता कम भएका बेलामा एसको आक्रमण हुन सक्छ । समयमै एसको उपयुक्त उपचार भएन यो जानलेवा पनि हुन सक्छ ।

यसका लक्षणहरू के–के हुन् त ?

–छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँमा मसिना बिमिरा निस्कने ।
–ती बिमिरा निस्केका ठाउँ मा चिलाउने, पोल्ने र दुख्ने ।
–बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने ।
–ती घाऊहरूमा पोलेका घाऊमा झैं नै पानी भरिने र फुट्ने । सँगै असह्य पीडा हुने ।
–सामान्य ज्वरो आउने । टाउको दुख्ने ।

निदान तथा उपचार

चिकित्सकले बिमिराहरू हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिराको निदान गर्ने छन् । यसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ । सँगसँगै चिकित्सकले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुनेछ ।

-घाऊहरु निको पार्नका लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने ।
-घाऊ बढ्ता नदुखोस् भन्नका लागि दुखाइ कम गर्ने इबुप्रोफेन, प्यारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
–घाऊहरु लाई सफा राख्ने ।
– संक्रमण अवस्थामा भएको रोगीको ऊचित हेरविचार र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
–यसका साथै बिरामीको लुगा, बेडसिट, तौलिया, रुमाल, काँइयो आदिलाई तातोपानीले धोएर जीवाणुरहीत बनाउने । डाबर चिल्लाएको अवस्थामा नङले वा कुनै प्वाईन्टेट वस्तुले कन्याउनु हुँदैन ।
–साह्रै नै चिलाएको छ भने सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुमसुम्याने गर्नाले पनि चिलाउनमा राहत मिल्छ ।
–आवश्यकता अनुसार पर्याप्त मात्रामा निदाउनु पर्छ । चर्को घाममा लामो समय बस्नु हुँदैन । शारीरिक एवं मानसिक तनाव सकभर कम गर्नु पर्छ ।

प्रतिक्रिया