कोठाको यस दिशामा राख्नुहोस् घडी, घरमा सकारात्मक उर्जा पैदा हुन्छ

रिता घिसिंग

एजेन्सी : वास्तुशास्त्रका अनुसार घरमा राखिएको घडीले पनि शुभ अशुभ जनाउँछ। हर वस्तुले नकारात्मक या सकारात्मक ऊर्जालाई आकर्षित गर्दछ। कुनै सामान गलत दिशामा राखिएको छ भने त्यसले घरमा नकारात्मक ऊर्जा प्रवाह गर्दछ । सही दिशामा राख्दा सकारात्मक ऊर्जा प्रवाह हुने गर्दछ।

१) घरमा बन्द घडी नराख्नुहोस् । ध्यान दिनुहोस् घरमा बन्द र ढिलो चल्ने घडी राख्दा पनि अशुभ मानिन्छ।

२) वास्तुमा घरको दक्षिण दिशा यमको दिशा मानिन्छ । यो दिशामा घडी राख्दा मानिको कार्य दिशा रोकिन्छ ।

३) दक्षिण दिशामा घडी राख्नाले घरको मूख्य मानिसको स्वास्थ्यमा ठुलो असर गर्दछ।

४) वास्तु र चीनको वास्तु फेंगशुईले पनि दक्षिण दिशामा घडी राख्नु अशुभ मानिन्छ। यस दिशामा नेगेटिभ इनर्जी हुने गर्दछ त्यस दिशामा घडी राखेमा हाम्रो ध्यान पनि सोही दिशामा जाने गर्दछ। जसका कारण हामीमा नकारात्मक इनर्जी प्राप्त हुन्छ।

५) वास्तुका अनुसार मूख्य ढोकाको घडी राख्नु पनि अशुभ मानिन्छ। यसो गरेमा तनाब बढ्न सक्छ। यसको कारण आउँदा जाँदा समय आसपासको ऊर्जा प्रभावित हुन सक्छ।

६) घडीलाई घरको पूर्वी र पश्चिमी या उत्तरी पर्खालमा राख्नुपर्दछ । यो दिशामा पोजेटिभ इनर्जी बढी हुने भएकाले घडी हेर्दा मानिसमा पनि पटक पटक पोजेटिभ इनर्जी प्रवाह हुन्छ।

प्रतिक्रिया