कोमामा रहेका पतिलाई डाक्टरले अब बाँच्दैन भनेका थिए तर श्रीमतीले मानिनन् हार (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : अमेरिकाको जोर्जियामा बिबाह भएको सातमहिनापछि एक युवाको खतरनाक बाइक दुर्घटना हुन्छ । दुर्घटनामा उनको दिमागको हट्टी भाँचेका कारण उनि कोमामा जान्छ। ९ दिनसम्म उनको उपचार गरेपछि डाक्टरले उनको पत्नीलाई अब उ बच्न सक्दैन भन्दै घाइते युवाकोलाइफ सपोर्ट सिस्टमको प्लग निकाल्न लगाउछन्। तर महिलाले यो कुरा स्वीकार गरेनन्। उनलाई भगवानप्रति भरोसा थियो।

त्यहि भरोसामा महिलाले आफ्नो पतिको उपचार जारी राखिन्। केहि महिनापछि युवाको होस आउछ र पत्नी लाई भन्छ ‘म कोसिस गरिराछु। ‘ दुर्घटनाका कारण पतिको ३ बर्षदेखिको स्मारणशक्ति गुमाएका छन्। आफ्नो बिबाह र बुबाको मृत्युको बारेमा उनलाई केहि थाहा छैन। उनको हात खुट्टा चल्दैन थियो। श्रीमतीको हेरचाहका कारण अहिले उनि हिडडुल गर्न सक्छन।

प्रतिक्रिया