कोरियन भाउजुको नेपाली केटासँग यस्तो गहिरो प्रेम, भन्छिन् ‘नेपालीहरु अल्छि छ, छिट्टै रिसाउछ’ [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। कोरियन महिला इ-योङ्ग सुले नेपालमा व्यवसाय गरेर बस्न थालेको अहिले करिव दश वर्ष भइसकेको छ। उनले नेपालीसंग विवाह गरेर आएपछि आफ्नो व्यवसाय संचालन गरेकी हुन्।

इ-योङ्ग सुले कोरियामा पार्लरमा काम गर्थीन्। उनले काम गर्ने पार्लरमा कपाल काट्नको लागि एक नेपाली, गोविन्द राई जाने गर्थे। गोविन्दले पार्लर गएपछि सधै सुकसंगै नै कपाल काट्ने भन्थे र सधै इ-योङ्गले नै उनको कपाल काटीदिन्थीन्।

यदी इ-योङ्ग व्यस्त रहेछीन् भने उनी पर्खेर बस्थे, तर अरु संग कपाल काट्दैनथे। कपाल काट्दै गर्दा उनले इ-योङ्गलाई उनको बारेमा विभिन्न कुरा सोध्ने गर्थे र गफ गर्न खोज्थे। तर इ-योङ्गलाई भने उनको बानी देखेर अचम्म लाग्थ्यो र धेरै बोल्दिनथिन्।

गोविन्द राईले लगातार आफूप्रति चासो राख्ने, ख्याल राख्ने र नियमित रुपमा दुई वर्षसम्म आफूसँग कपाल कटाउनकै लागि पार्लर आएपछि भने उनको मन पग्लियो। त्यसपछि झाङ्गिएको उनीहरुको प्रेमले विवाहको रुप लियो र इ-योङ्ग गोविन्द राईसंगै नेपाल आइन्।

नेपाल उनी केहि समय बस्छु भनेर आएकी थिईन्। तर उनीहरुले पछि फेरी नेपालमा नै बस्ने निधो गरे। कोरियामा पनि पार्लर कै काम गरेको हुनाले नेपालमा पनि पर्लारकै व्यवसाय गर्ने मनसायले पार्लर व्यवसायको शुरुवात गरे।

उनीहरुका अहिले दुई छोरीहरु छन्। उनी भन्छिन्,’ एक छोरीलाई कोरियन भाषा आउछ तर अर्को छोरीलाई अलि अलि मात्र आउछ।’ आफुले पार्लर व्यवसाय गरेता पनि उनले आफ्नो छोरीहरुलाई भने उनीहरुकै इच्छा अनुसार भविष्य बनाउन दिने सोच बनाएकी छिन्।

इ-योङ्गलाई नेपालीहरु अल्छी लाग्छ। काममा राख्दा पनि नेपालीहरुले त्यति राम्रोसँग काम नगर्ने बताउँछिन्। तर नेपालीहरु भने मनका राम्रा भएको उनी बताउँछिन्।

हेर्नुहोस् इ-योङ्ग सुसँगको रमाइलो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू