कोलकाताको सनसनीपूर्ण जित

admin

कोलकाता : कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को आफ्नो पहिलो खेलमा सनसनीपूर्ण जित निकालेको छ । कोलकाताले आफ्नो घरेलु मैदानमा भएको खेलमा सनराइज हैदरावादलाई ६ विकेटले हरायो ।


वेस्ट इन्डिजका ब्याट्सम्यान एन्ड्र्यु रसेलले आक्रामक ब्याटिङ गरेपछि कोलकाताले १९.४ ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन बनायो। त्यसमा रसेलले १९ बलमा ४९ रन बनाए। उनले चार चौका र चार छक्का प्रहार गरे।त्यस्तै नितिश राणाले सर्वाधिक ६८ रन बनाए। यसअघि एक वर्षको प्रतिबन्धपछि मैदानमा फर्केका अस्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले आक्रामक प्रदर्शन गरेपछि सनराइज हैदरावादले पहिले ब्याटिङ गर्दै गर्दै २० ओभरमा १ सय ८१ रन बनाएको थियो।

यसमा वार्नरले सर्वाधिक ८५ रन बनाए। यसका लागि उनले ५३ बलको मात्र सामना गरे। उनले नौ चौका र तीन छक्का प्रहार गरे। उनले इंग्लिस ब्याट्सम्यान जोन बियरस्टोसँग मिलेर पहिलो विकेटका लागि १ सय १८ रनको साझेदारी गरे। बियरस्टोले ३९ रन बनाए।

प्रतिक्रिया