कोल्पु रोधीघरले सबैको मन जित्दै (भिडियो सहीत)

admin

कोल्पु लोक सुसेली अनलाईन रोधीघरको प्रस्तुतीमा बिल्कुलै नयाँ गित ‘कोल्पु रोधीघरमा’ डिजिटल बजारमा आएको छ । अशोक कुमार सापकोटा, कबिता अधिकारी र बिमला सिटौलाको आवाज समाहित यस गितमा चेतन लामाको शब्द र समीर आचार्य ‘सन्तोष’को संगित रहेको छ ।

माधब भण्डारीको एरेन्जमा तयार भएको यस गितको म्युजिक भिडियोमा कृष्ण राज तिमल्सिना, शर्मीला सापकोटाको अभिनय देख्न सकिन्छ । अशोक कुमार सापकोटाको निर्देशन,मरुभुमी नारायणको छायाँकन रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो। शर्मीला लामा, दिपक यात्री, जीवन खतीवडा लगायतको विशेष सहयोगमा गितको भिडियो फिकुरे अनलाईन रोधीघरमा सुटीङ गरिएको निर्माण पक्षले बताएको छ।

प्रतिक्रिया