क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध

admin

बार्सिलोना, १५ असोज: स्पेनको क्याटलेनियाको स्वतन्त्रताको पक्षमा सङ्घर्षरत पृथकतावादीहरूले सडक तथा रेलमार्ग अवरुद्ध गरेर सोमबार विरोध जनाएका छन् । उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा सञ्चालन हुने रेलमार्गमा पनि अवरोध गरेको समाचारमा जनाइएको छ । “सबै कुरा अक्टोबर १ देखि सुरु हुन्छ र विवाद फर्केर अक्टोबर १ मै पुग्छ,” क्षेत्रीय पृथकतावादी अध्यक्ष क्विम टोराले भन्नुभयो ।

उहाँले सम्वोधन गर्नु भएको क्याटलोनियाको उत्तरी क्षेत्रमा पर्ने सान्त जुलिया डे रामिसमा आयोजित समारोहको मञ्चमा राखिएको “सेतो र कालो व्यानरमा नभुलौँ नभुलौँ” लेखिएको थियो । गिरोनामा पर्ने झण्डै दश किलोमिटर सडकमा र रेलमार्गमा हजारौँ अधिकारवादीहरूले अवरोध सिर्जना गरेका थिए । उनीहरूले झण्डै तीन घण्टा अवरोध गरेका थिए भने उनीहरूको अवरोधका कारण फिगुरेज, गोरोना र बार्सिलोनामा प्रभाव परेको थियो ।
-रासस÷एएफपी

प्रतिक्रिया