क्यान्सरविरुद्ध लडिरहेकी सोनालीलाई भेट्न पुगे ऐश्वर्या-अभिषेक

मनिषा थापा

पिएनपिखबर : ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन सोनाली बिन्द्रेलाई भेट्न सोनालीको घर शनिबार पुगेका हुन्। उनीहरुले घरमा पुगी सोनालीको स्वास्थ्यको बारेमा बुझेका थिए। सोनाली बेंद्रे धेरै समय देखि न्युयोर्कमा आफ्नो उपचार गरेर केहि महिना अघि घर फर्केकी हुन्।

सोनाली बिन्द्रेको जन्मदिनमा उनको श्रीमानले भावुक पोष्ट शेयर गरेका थिए। गोल्डीले सोनालीको निधारमा चुम्बन गरेको फोटोसहित भावुक क्याप्सन पोष्ट गरेका थिए।

उनले लेखे, ”तपाईको पाटनर तपाईको अक्स हुने मानिन्छ, तपाईको तागत एउटा साचो मित्र र सबैभन्दा तपाईको प्रेरणा हुने गर्छ तर तिमी मेरो लागि यी सबैभन्दा माथि छौ। २०१८ तिम्रो लागि मुश्किलले भरिएको रहे पनि तिम्रो हिम्मत र धैर्यप्रति मलाई गर्भ छ। ती सबैलाई प्रभावित गर्यौ जसले तिमीलाई नजिकबाट चिनेका छन् ।’ सोनाली बेंद्रेले खुशीका साथ् नयाँ वर्ष र जन्मदिन मनाएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू