क्यान्सर पिडित क्रिकेटर भन्छन, ‘नयाँ जीवन पाए भने देशको नाम राख्नेछु’

मनिषा थापा

पिएनपिखबर : कैलाली जिल्ला धनगढीका क्रिकेटर केशब सिंहलाई क्यान्सरजस्तो प्राणघातक रोग लागेको छ। उनले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेका छन्। 

क्रिकेटलाई निरन्तरता दिई राष्ट्रलाई चिनाउने सपना बोकेका उनीमाथि ठुलो बज्रपात परेको छ।मास्टर डिग्रीसम्मको अध्धयन पुरा गरिसकेका २८ वर्षीय सिहंको जीवन हाँसीखुशी चल्दै थियो। जोश र जाँगर उनमा थपिंदै थियो तर अचानक उनको जीवनमा ठुलो बज्रपात आइलाग्यो। गत माघ उनको दाहिने आँखामा अचानक समस्या देखियो। उनले आँखाले धमिलो देख्न थाले। धनगढीमै उपचार गर्दा पत्ता नलागेपछि राजधानीको तीलेगङ्गास्थित आँखा जाँच गराए। डाक्टरले रिपोर्टमा क्यान्सरको आशंका रहेको बताए। सोच्नदै नसोचेको कुरा सुने पछि उनी छाँगाबाट खसेको जस्तै भए । क्यान्सर अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि उनलाई लिभर र लङ्गको क्यान्सर लागेको पत्ता लाग्यो।

डाक्टरको सल्लाहमा क्यान्सरको उपचारका लागि उनी भारतको राजधानी नयाँदिल्लीस्थित राजिब गान्धी अस्पताल पुगे। उनलाई पहिलो किमो चढाए पछि दुवै आँखाको ज्योति गुम्न पुग्यो। उनी अहिले उक्त अस्पतालमा उपचार गराईरहेका छन्। उनको अहिलेसम्म उपचारमा नेपाली १७ लाख रुपैया खर्च भईसकेको छ। आफु निम्न वर्गको परिवार भएको र जेनतेन अहिलेसम्म उपचार गरिरहेको बताए। उनले सबैलाई सहयोग गरिदिन आग्रह गरिरहेका छन् ।

उनले सहयोगको अपिल गर्दै भने, ‘मैले उपचार शुरु गरेपछि केहि राहत महसुस गरेको छु। उपाचार सफल भए ठिक हुन्छु की भने आश छ। त्यसकारण मलाई सहयोग गरी नयाँ जीवन प्रदान गरिदिनु हुन् विनम्र अनुरोध गर्दछु।’

तपाईहरुको सानो सहयोगले राष्ट्रिय गहना बन्ने सपना बुनेका सिहंको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। सहयोग गर्नका लागि उनको मोबाइल नम्बर ९८४८८२७२०८ सम्पर्क गर्न सक्नुहुनेछ। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू