क्यान्सर र डेंगूबाट छुटकारा पाउन पिउनुहोस् मेवाको पातको जुस

रिता घिसिंग

एजेन्सी : मेवा खानु स्वास्थ्यका लागि धेरै फाइदा मिल्छ भन्ने जानकारी त हामी सबैलाइ थाहा नै छ । तर ,तपाइलाई थाहा छ ? मेवा जति गुणकारी छ त्यतिनै पात पनि फाइदा जनक हुन्छ । मेवाको पातलाई पिनेर जुस बनाएर सेवन गर्नाले अनेकौ प्रकारका रोगहरुबाट छुटकारा पाउन सकिन्छ ।

मेवाको पातको जूस पीउनाले पाउनुहुनेछ यि फाइदाहरु:

१. क्यान्सर : मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ , र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई बृद्धि हुन दिदैन ।

२. इन्फेक्शनबाट बचाउँछ : शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) बढाउन पनि सहयोग गर्छ ।

३. डेंगू : डेंगू र मलेरियालाई तहलाउन मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा फूर्ती ल्याउँछ ।

४. महिनावारीको समयमा हुने दुखाई : महिनावारीको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने समस्या हुन्छ । र यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाएर उक्त काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।

५. रगतको कमीमा : मेवाको पातको जूस औषधि समान हुन्छ । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नु हुन्छ । मेवाको पातको जूस तपाईले दैनिक दुई चम्चाका दरले तिन महिनासम्म पिउनुभयो भने तपाईको रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।

प्रतिक्रिया