क्याप्टेन लामालाई नेपाल वायु सेवा निगमको प्रमुख बनाउनुपर्ने लेखक दिलनिशानीको माग

पूजा बानियाँ

काठमाडौँ: लेखक तथा विश्लेषक दिलनिशानी मगरले क्याप्टेन बिजय लामालाई कारवाही गर्नेहरुलाई गधाको संज्ञा दिएका छन। यात्रुहरु र नेपाल वायु सेवा निगमको पक्षमा आफ्ना धारणा राखेर क्यापटेन बिजय लामाले कुन त्यस्तो महापाप गरेका थिए भन्दै दिलनिशानिले कारवाही गर्नुको सट्टा क्याप्टेन लामालाई नेपाल वायु सेवा निगमको प्रमुख बनाउनुपर्ने माग समेत गरेका छन।

नेपाल वायु सेवा निगमको प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लामामाथि शशर्त निलम्बनको निर्णय गरेको थियो। नेपाल एयरलाइन्सको दुबई उडान रद्ध भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो। प्रवक्ताको जिम्मेवारीबाट हटेपछि भने निलम्बन गरेको २४ घण्टा नबित्दै निलम्बन फुकुवा भएको थियो ।

हेर्नुस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू