क्रिमपाउडर बेच्ने आज ४ वटा रोल पसलको मालिक, दैनिक कमाई लाख भन्दा बढी [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। आफुमा क्षमता र आँट छ भने नेपालमा बसेर पनि केहि गर्न सकिन्छ भन्नेको एक ज्वलन्त उदाहरण हुन् निरज थापामगर। उनले कहिले हरेश खाएनन्। असफलता नै सफलतामा पुग्ने सिडी हो सोच्दै उनी अघि बढी रहे।

निरज थापामगरले आफ्नो जिविको पार्जन गर्न शुरुमा कस्मेटिक पसल संचालन गरे। रोल व्यवसाय त उनको अहिलेको व्यवसाय हो। आफ्नो कस्मेटिक पसलमा उनको श्रीमती भन्दा बढी उनी नै बस्नु पर्दथ्यो कारण उनको श्रीमतीले घरको कामकाज हेर्नुपर्ने बाध्यता थियो।

कस्मेटिक पसलमा सबै महिला ग्राहक आउनु स्वाभाविक नै हो। महिला ग्राहकसँग डिल गर्न उनलाई हिच्किचाहट महसुस हुन्थ्यो। कहिले काही त उनी लजाउथे पनि। व्यापार न हो गर्नै पर्यो लजाएर घाटा हुन्छ भनेर जसोतसो उनले दिन कटाउने गर्थे।

अत्ति भए पछि उनले सौन्दर्यताको सामान बेच्न छोडेर फेन्सी पसल खोले। केहि समय फेन्सी पसलमा राम्रै आम्दानी हुन थाल्यो। पछि पछि भने सोचेको जस्तो व्यापार हुन सकेन।

बाल्यकाल देखि नै उनलाई पकाउन कसैले सिकाउन पर्दैनथ्यो। जे पकाउन पनि माहिर थिए उनी। त्यसैले आफ्नो बानीलाई उनले पेसामा परिवर्तन गरे। बेस्ट स्यानको रोल नामक पसल संचालन गर्न उनले फेन्सी पसल भएकै ठाउँ सफा पारे। त्यहि अनुसारको सेट अप सबै आफैले मिलाए।

अहिले उनको पसलमा १६ भन्दा बढी जनाले रोजगारी पाएका छन्। उनको पसलमा काम गर्ने धेरै जस्तो ११ / १२ कक्षा पढ्ने विद्यार्थी छन्। प्राय जसो कक्षा १० सकेर विदेश लम्किने युवा नेपालमा नै बिदेशी भूमिको जति तलबमा काम गर्न पाए किन विदेश धाउनु भन्दै उनले आफ्नै भान्जालाई औलाएर भने ,’उ मेरो आफ्नै भान्जा हो बिहान कलेज गएर दिउसो काममा आउछ।’

उनको अहिले कुपन्डोल, बानेश्वर, थिमी र न्युरोडमा गरेर ४ वटा ठाउँमा रोलको शाखाहरु छन्। अन्य ठाउँमा अझै शाखा बिस्तार गर्ने उनको सोच छ। सुखद परिवार सहित आफ्नै व्यवसायमा रमाईरहेका छन् अचेल उनी।

प्राय उनी न्युरोडको बेस्ट स्यानको रोल नामक रोल पसलको रिसेप्सनमा भेटिन्छन्। रिसेप्सनमा बसेको समय उनी ग्राहक मार्फत प्रत्यक्ष प्रतिक्रिया समेत लिन्छन्। खुल्ला किचेन भएकोले रोल सफासँग पकाइने र स्वास्थ्यलाई हानी नहुने उनको भनाई रहेको छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू